मुटु चेक गराएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली मुटु जाँचेर बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नियमित स्वास्थ्य जाँचका लागि गंगालाल अस्पताल पुगेका ओली बालुवाटार फर्किसकेका हुन् ।
बुधबार बिहान स्थायी कमिटी बैठकमा सहभागी भएका ओली दिउँसो मुटु जाँच्न अस्पताल पुगेका थिए ।
नेकपा स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागिरहेका छन् । पार्टी र सरकार सञ्चालनको दुबै मोर्चामा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुले ओलीलाई राजीनामा गर्न दबाव दिईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement