बीमा समितिको निर्देशन-‘समर्पण मूल्य र बीमालेख धितो राखी ऋण दिंदा के गर्ने/के नगर्ने ?

Advertisement

काठमाडौँ । बीमा समितिले बीमकले समर्पण मूल्य र बीमालेख धितो राखी ऋण दिने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेका हुन् ।

बीमकले अधिकतम एक आर्थिक वर्ष भित्र मात्र बीमालेख ब्याक डेट गर्न सक्नेछ, तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखका हकमा ब्याक डेट गर्न पाइने छैन ।

बीमालेख अन्तरगत समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिनेछ । तर एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ मितिको एकवर्ष पुरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने निर्देशनमा उल्लेख छ ।



यसैबीच समितिले सोमबार जारी गरेको निर्देशन अनुसार जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि असार १५ गतेसम्म रहेकोमा उक्त अवधि असार २२ गतेसम्म थप गरी ब्याज नलाग्ने व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement