चालीस करोड ६१ लाख राजश्व छली गर्ने फर्म बिरुद्ध विभागले गर्यो मुद्दा दर्ता

Advertisement

कठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्ठा र नक्कली मूल्य अभिबृद्धी कर बिजक प्रयोग गरी राजश्व चुहावट गर्ने २ फर्म बिरुद्ध ४० करोड ६१ लाख बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ महानगरपालिका २५ मा रहेको न्यू सागर प्लास्टिक कन्सर्नका प्रोप्राइटर सञ्जु किजु र सागर किजुले २६ करोड ८२ लाख र सुप्रिम प्लास्टिक कन्सर्नका प्रोप्राइटर सागर किजुले ५ करोड ७७ लाखसमेत गरी जम्मा ३२ लाख ६० हजार रुपियाँ राजश्व छली गरेको पाइएको विभागले जनाएको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिका स्थित बिकोई/स्काई/बंगलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठ समेतले ८ करोड १ लाख राजश्व छलि रहेको पाइएपछि मुद्दा दर्ता गरिएको हो ।

यसैबीच, भारत कर्नाटक राज्य बस्ने ४२ वर्षीउ अब्दुल मजिद अनेकल र रोशन भनिने लक्मान्युल हकिमले ६ किलो २ सय ८९ ग्राम ३५० मिलिग्राम सुन चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा ४ करोड २२ लाख २० हजार ४ सय ७ रुपियाा बिगो कायम गरी गत जेठ ११ गते उच्च अदालत हेटौँडामा मुद्दा दर्ता गरेको समेत विभागले जनाएको छ ।

यता, भारतको सिलिगुड बजार दार्जिलिङ बस्ने डब्लुबी७३ई७६३५ नम्बरको भारतीय ट्रक चालक रविकुमार शर्मा तथा मजफरफुर विहार बस्ने पप्पुकुमारले विदेशी बिनिमय अपचलन गरेको अभियोगमा जेठ २२ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement

Advertisement

Advertisement