'किस्ता तिर्न सकिएन' भन्दै सरकारलाई गाडिको चावी बुझाउने यातायात व्यवसायीको तयारी

Advertisement

पोखरा । कोरोना भाईरस महामारीका कारण गरिएको लकडाउने आर्थिक रुपमा धरासायी बनाएको भन्दै सार्वजनिक यातायात सेवा प्रदायक व्यावसायीले बैंक तथा वित्तीय संस्थालाई गाडी किन्दाको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था आएको बताएका छन् । वित्तीय संस्थालाई तिर्नुपर्ने किस्ताको अवधि तत्काल नबढाइदिए गाडीको सम्पूर्ण कागजात र तालाचाबी बुझाउने चेतावनी उनीहरुले दिएका छन् ।

कोरोना महामारीबीच अरु क्षेत्रलाई सरकारले सम्बोधन गरेपनि यातायात व्यासायीलाई वेवास्ता गरेकोले गाडी किन्दाको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था आइपरेको बताएका छन् । तत्काल ६ महिना अवधि नथपिए आइतबारभित्र कागजात र चाँबी संकलन गर्ने तथा सोमबारदेखि वित्तीय संस्थालाई बुझाउन थाल्ने उनीहरुले बताए ।

पृथ्वी राजमार्ग बस संचालक कम्पनीले बुधबार पत्रकार भेटघाट गरेर बैंक तथा वित्तीय संस्थाको किस्ता भुक्तानि समय कम्तिमा ६ महिना थप हुनुुपर्ने बताएको छ । कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले किस्ता र ब्याज तिर्ने समय ६ महिना थप नभए आगामी आइतबारसम्म तालाचाँबी संकलन गर्ने र सोमबारदेखि बुझाउन थाल्ने बताए । ‘अब हामीले तालाचाँबी र कागजात संकलन गर्छौ । कम्पनीमा आवद्ध व्यावसायीसँग छलफल गरिसकेका छौ,’ उनले भने, ‘आइतबारसम्म कागजात र तालाचाँबी संकलन गर्ने र सोमबारदेखि बुझाउन थाल्ने हो ।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement