टुप्पी राख्ने चलन कसरी सुरु भयो ? फाइदा के छ ?

Advertisement

काठमाडौं । एकजना खोजकर्ताले टुप्पीको महत्वलाई उजागर गर्ने प्रयास गरेका छन् । डा. अम्बरिश पोखरेलले टुप्पी राख्ने चलन कसरी सुरुवात भयो ? भन्ने कुरालाई सामानिक सञ्जालमार्फत प्रस्तुत गर्दै यसबाट हुने फाइदा आफैले परीक्षण गरेर हेर्नसमेत सल्लाह दिएका छन् ।

हाम्रो टाउकोमा टुप्पी किन राख्ने, खास रहस्य के हो ? अब यता बाट जानौं ।

१. यो विश्व ब्रह्माण्ड भयंकर रहस्यमय तरिकाले निर्माण भएको छ । यसलाई जान्न वा बुझ्न वा त्यसको गहिराइमा पुग्न यसको केन्द्र बिन्दुबाट मात्र सम्भव छ । अन्य विन्दुहरूबाट अर्ध सत्य मात्र अर्थात् अपुरो ज्ञान हात लाग्दछ । मूल ढोकाबाट प्रवेश गर्नु अपरिहार्य सर्त हो । जो त्यो गहिराइमा पुग्न सक्छ, त्यो मानिस आफू स्वयम बदलिएर मानव बन्न पुग्दछ । अर्थात् मानिस आफूलाई सम्पूर्ण रूपले माथि उठाउन सक्दछ वा मानिने छ ।

२. ब्रह्माण्डको एउटा सूचकको रूपमा हामी प्रत्येकले टाउको पाएका छौं । यही टाउकोमा पनि ठिक त्यही प्रकारको एउटा केन्द्र बिन्दु छ । योमार्फत त्यो विश्व ब्रम्हाण्ड जान्न र बुझ्न सकिन्छ । त्यो बुझाइको कोसिस मात्रले पनि मानिसलाई परम आनन्द प्राप्त हुन्छ । तर कसरी प्राप्त गर्ने मुख्य प्रश्न यहीँनेर थियो ।

३. अझ त्यो कोसिस प्रत्येक मानिसले कसरी गर्ने ? आम मानिसहरूको हकमा मुख्य जटिल प्रश्न हाम्रा ऋषिहरूको सामुन्ने खडा भएको थियो । ऋषिहरू यो कुरामा तल्लीन भए यस ऊपर । त्यसको एउटा सूत्र पत्ता लगाउने काम सयौ वर्षमा फेला पर्यो, त्यो हो ‘गायत्री मन्त्र’ ।

४. जसको निर्माणको लागि दर्जनौं ऋषिमुनिहरुको अथक प्रयास पछि जन्म भयो । जसमाथि दर्जनौं पटक पुनरावलोकन गरियो। त्यो ऊपर विचार विमर्श गर्दै, अन्त्यमा ऋषिहरूको सभाले गायत्री मन्त्र परिमार्जन गर्दै पारित गर्यो ।

५. त्यो बिन्दुको स्पर्श गरी गायत्री मन्त्रमार्फत आफूलाई एकीकृत गर्दा, आफूलाई त आनन्द प्राप्त हुन्छ नै, अरु मानव जातिको लागि समेत मानवीय समवेदना उत्पन्न गराउने स्नायुहरु अझ बढी सक्रिय गराउँदछ भन्ने कुरामा उनीहरू एकमतले सहमत भए । जसले गर्दा मानिसहरुमा विशेष गरी तीन कुराहरू ‘विवेक, संवेदनशीलता र स्वाध्यान’ बढ्न गई विश्व भाइचारा सम्बन्ध कायम राख्न सकिने कुरालाई सभाले पारित गर्यो ।

६. यही कुरालाई ध्यान दिँदै विशेष गरी भारत वर्षमा आर्यहरुले त्यो विधि पहिलो पटक र सामूहिक अभियानको रुपमा प्रयोग गर्न सुरु गरेको अवस्था थियो । बिस्तारै त्यो अन्य महादेश तीर पनि फैलिदै गएको थियो । तर बीचमा त्यसको महत्व बुझ्ने र बुझाउने काम कारबाहीमा धीमा गति हुन् जाँदा विशेष गरी हिन्दूहरूले बढी टुप्पी राख्ने गरेको पाइन्छ ।

७. जसले बढी अध्ययन अनुसन्धान गर्छ, उसले आफ्नो टुप्पीलाई आफैले हल्का हल्का आफ्नै हातले केही तन्काउने हो भने अध्ययन गरेका कुराहरू पछिसम्म स्वतः नबिर्सने हुने गर्छ, जुन कुरा तपाईंहरू आफैले प्रयोग गरेर जान्न बुझ्न र अनुभव गर्न सक्नुहुन्छ । अन्य धार्मिक तथा विशेष समुदायहरूले प्रयोग गर्ने गराउने चलन तथा मान्यताहरू त छँदै छन् त्यो उपरी केही प्रकाश पार्नु पर्ने देखिएन।

Advertisement

Advertisement

Advertisement