स्वास्थ्यमन्त्रीले दुःख दिएपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक राजीनामा दिन बाध्य

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेल पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दुःख दिएपछि उनले राजीनामा दिएका हुन् ।

लामो समयदेखि स्वास्थ्य मन्त्रालयबाट सहयोग नपाएको गुनासो गर्दै आएका उनलाई अन्ततः राजीनामा दिन बाध्य बनाइएको हो । उनी २०७५ भदौ १५ गतेको मन्त्रिपरिषद् बैठकबाट बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । तर, आफ्नो लाइनअनुसार काम नगरेको भन्दै मन्त्री ढकालले पोखरेलाई पटक पटक राजीनामा दिन दबाब दिने, पोखरेलले बनाएका स्वास्थ्य बीमाका नयाँ योजनाहरु अघि बढाउन नदिने काम गरेपछि उनले राजीनामा दिएका हुन् ।

पोखरेलले आफूलाई मन्त्रिपरिषदले नियुक्त गरेकाले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएको बताएका छन् । उनले चरणवद्धरुपमा स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्दै लैजान सफल भएका थिए ।

Advertisement

Advertisement

Advertisement