शेयर बजारमा 'करेक्सन': ‘नेगेटिभ सर्किट’ लागेसँगै डेढ घण्टामै कारोबार स्थगित

Advertisement

काठमाडौँ । लगातार २ दिन ‘पोजेटिभ सर्किट’ लागेर बजार बन्द भएपनि आज तेश्रो दिन भने 'नेगेटिभ सर्किट' लागेको छ । आज बजार खुलेदेखि नै ओरोलो लागेको थियो । २ पटक सर्किट लागेर बजार खुल्दा पनि पुनः तेश्रो पटक १२ बजेर ४० मिनेटमा नेप्से परिसूचक ६.०२ प्रतिशतले घटेपछि बजारमा अर्को सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित गरिएको हो ।

बजार खुलेको २३ मिनेटमै नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि ४ मिनेट नबित्दै पुनः परिसूचक ५ प्रतिशतले घट्दा सर्किट लागेको थियो । ४० मिनेट पछि खुलेको बजारमा फेरि ६ प्रतिशतले सर्किट लागेको थियो ।

आज बजार ८०.४१ अंकले घट्दा परिसूचक १२५६.११ अंकमा झरेको छ । १४२ कम्पनीको शेयर किनबेच हुँदा ४७ करोड ६६ लाख ५४ हजार ९ सय ७१ रुपियाँ बराबरको कारोबार भएको छ । लामो समयपछि सोमबार खुलेको शेयर बजार पहिलो दिन घटेको थियो भने मंगरबार र बुधबार पोजेटिभ सर्किट लागेर समय अगावै कारोबार स्थगित भएको थियो ।

कारोवार भएका कूल ११ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । लगानी कोष ०.०१ ले बढ्दा बैंकिङ ८७.१४, होटल १२८.३७, विकास बैँक ७६.३५, जलविद्युत् ३४.९५, वित्त ०.०३, निर्जीवन बीमा १७८.३१, उत्पादन १२८.५२, अन्य ३१.३९, लघुवित्त ७१.२६ र जीवन बीमा ६०८.६१ ले घटेको स्टकले जनाएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड छ लाख ८२ हजार १२५ बराबरको भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ५३ हजार १७५, हिमालयन डिस्टिलरी रु तीन करोड ८४ लाख ३७ हजार २६५, एनआइसि एशिया बैंक रु दुई करोड १८ लाख ३२ हजार ३५७, नागरिक लगानी कोष रु दुई करोड दुई लाख ६५६, एनएमबी बैंक रु एक करोड ९६ लाख ९० हहजार १३६ र नेपाल इन्भेस्टमेन्ट बैंकको रु एक करोड ७८ लाख ७० हजार ४७९ बराबरको कारोवार दुई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था ८.०७, गुर्खाज फाइनान्स ३.८१, गुडविल फाइनान्स ३.३८, नेपाल पुर्नबीमा कम्पनी ३.१७, मितेरी डेभलपमेन्ट बैंक ३.०१ र स्पर्श लघुवित्त वित्तीइ संस्थाका शेयरधनीले २.१० प्रतिशतले कमाए । त्यस्तै, सोल्टी होटल १०, प्रभु बैंक ९.९२, हिमालयन डिस्टिलरी ९.२७, लाइफ इन्स्योरेन्स कम्पनी ९.१५, ग्लोबल आइएमइ बैंक ९.१३, एशियन लाइफ इन्स्योरेन्स ८.८०, नेपाल बैंक ८.४६, नेपाल लाइफ इन्स्योरेन्स ८.३३ र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.३३ प्रतिशतले गुमाएका थिए ।

Advertisement

Advertisement

Advertisement