कोरोना अपडेटः विश्वमा पाँच लाख १९ हजार भन्दा बढीको मृत्यु, १ करोड ८ लाख भन्दाबढी संक्रमित

Advertisement

जेनेभा । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख १९ हजार ७६२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ४० हजार ३३८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ६० हजार १५२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख ७९ हजार ९५३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार ७९८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २२ लाख ९९ हजार ९०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८७ हजार ६७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३२ लाख ४७ हजार १४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार २७० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ६४ हजार ४२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार २८९ को मृत्यु भएको छ । एसियामा २३ लाख ७६ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ६२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख २१ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ४४३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ६४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement