मिर्मिरे लघुवित्तले स्वेडालाई प्राप्ति गर्यो, असार २१ गतेदेखि एकीकृत कारोबार

Advertisement

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति गरी असार २१ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट असार ५ गते प्राप्तिका लागि अन्तिम स्वीकृत प्राप्त भएको र असार १७ गते कम्पनी रजिष्ट्रारको असार १७ गतेको पत्रपछि एकीकृत कारोबारको मिति तय भएको हो ।

कम्पनी सचिव तुलसीराम पाठकका अनुसार असार १७ गते बसेको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारको मिति तोकेको हो । बैशाख १७ गते दुबै वित्तीय संस्थाको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन् ।

असार २१ गतेदेखि मिर्मिरे नामबाट एकीकृत कारोबार हुनेछ ।

Advertisement

Advertisement

Advertisement