'२०४६ पछि हरेक क्षेत्रमा राजनीतिकरण गर्दा नेपाली जनताले साह्रै दुःख पाए, अझै पाउनेछन्'

Advertisement

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले २०४६ पछि हरेक प्रशासकीय क्षेत्रमा संयन्त्रमा राजनीतिकरण गर्दा दलहरुमा समस्या आउनासाथै समग्र शासकीय संयन्त्रमा समस्या आउने गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उनले सबै कुरा दलगत राजनीतिको आँखाले हेर्दा नेपालीले दुःखबाट मुक्ति पाउन नसकेको बताउँदै यो दुःख पाउने अवस्था तत्काल सुधार नआउने बताएका छन् ।

त्रितालको टिप्पणीः

सबैकुरा दलगत राजनीतिक आँखाले हेर्ने गर्दा हामी नेपालीले दुखबाट मुक्ति नपाउने नै भयौं त

राजनीति र खासगरी प्रजातान्त्रिक राजनीतिको प्रकृति नै अस्थिर किसिमको हुन्छ ।

प्रजातान्त्रिक राजनीतिमा विभिन्न सिद्धान्त, विचार र दर्शन अँगाल्ने अनेकौं दलहरु हुन्छन् ।

दलिभत्र अनेकौं गुट, उपगुट हुन्छन् । यी सबैले एकअर्कोलाई उछिनेर आफू अगाडि जाने प्रयास सदैब गरिरहेका हुन्छन् जुन स्वाभाविक पनि
हो ।

हामीले प्रजातान्त्रिक व्यवस्था भएका मुलुकहरुबाट राम्रा कुरा सिक्न चाहेनौ वा सिक्न सकेनौ ।

प्रजातान्त्रिक मुलुकहरुमा स्थायी शासकीय संयन्त्रहरुलाई मजबूत बनाइएको हुन्छ ।

न्यायालय, संवैधानिक निकायहरु, निजामती सेवा र अन्य संस्थाहरुले नियमित रुपमा काम गर्ने वातावरण निर्माण गरिएको हुन्छ ।

ती संस्थाहरु दलगत राजनीतिक क्रियाकलापभन्दा बाहिर हुन्छन् जसले गर्दा राजनीतिक अस्थिरतामा पनि नियमित रुपले काम गरिरहेका हुन्छन् ।

अध्ययन अनुसन्धानका आधारमा नयाँ पद्धति र प्रक्रिया निर्माण हुँदै जान्छन् र देशको समग्र विकासको मार्गमा निरन्तरता रहन्छ ।

नेपालमा २०४६ सालपछिको समग्र समयावधिमा सबैजसो शासकीय संयन्त्रमा दलगत राजनीतिलाई घुसाइयो जसको परिणामस्वरुप दलहरुमा समस्या आउनासाथ समग्र शासकीय संयन्त्रमा अस्थिरता आउने अवस्था सिर्जना भयो ।

सरकार परिवर्तन हुने भयो रे भन्ने हल्ला चल्नासाथ सबै संयन्त्र ठप्प हुने अवस्था अहिलेसम्म विद्यमान छ ।

यसले गर्दा नै हामीले दुख पाइरहनु परेको छ र यो क्रम अरु धेरै समय रहने निश्चित छ ।

Advertisement

Advertisement

Advertisement