काठमाडौंका कोभिड १९ पीडित व्यवसायी सडकमा, महासंघका अगुवाले दिए साथ

Advertisement

काठमाडौं । कोभिड १९ पीडित काठमाडौंका पीडित व्यवसायीहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । उनीहरुले न्यूरोडको जुद्ध शालिकमा कालो ब्यानर र विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोडिभ १९ संकट व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, नाडा अटोमोवाइल एशोसियशन अफ नेपालका पूर्वअध्यक्ष अन्जन श्रेष्ठ, महासंघको वाग्मती क्षेत्रका अध्यक्ष दिनेश श्रेष्ठलगायत सहभागी थिए ।

प्रदर्शनमा उत्रिएकाहरुले काम गरी खान ऋण लिने साँवा ब्याज तिर्न नसकेर पीडामा, घरधनी, बहालवाला बहाल उठाउन र तिर्न नसकेर समस्यामा, रोजगारदाता र मजदुर खान नपाएर सडकमा, सबैले सबैलाई सहकार्य र सहयोग गरौं यो असहज बेलामा, नियामक निकायले समयमै निकास देउ भन्दै ध्यानाकर्षण गराएका थिए ।

Advertisement

Advertisement

Advertisement