ओली र दाहालबीच झण्डै चार घण्टा लामो वार्ता, तर निकास छैन्, भोलि पनि वार्ता गर्ने

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र राजनीतिक खिचातानी चलिरहेको बेला सो पार्टीका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले शुक्रबार झण्डै चार घण्टा लामो वार्ता गरेका छन् । यति लामो वार्तामा पनि कुनै निकास निस्किन नसकेपछि शनिबार पनि पुनः वार्ता गर्नेगरी वार्ता स्थगित गरिएको छ ।

पार्टीभित्रको सत्तासंघर्ष उत्कर्षमा पुगेको बेला ओली र दाहालबीच बालुवाटारमा झण्डै चार घण्टा लामो छलफल भएको हो । छलफलमा नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई पनि साक्षीको राखिएको थियो । बिहान साढे ११ बजेदेखि सुरु भएको वार्ता ३ बजेसम्म चलेको थियो ।

छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि शनिबार फेरि अर्को छलफल गर्ने सहमति भएको समाचार छ । छलफलमा साक्षी बसेका एक नेताका अनुसार दुई अध्यक्षबीच सौहाद्रपूर्ण छलफल भएको र भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल गर्नेगरी आजको बैठक सकिएको छ ।

पार्टी भित्रको विवाद चर्किएपछि नेकपा नै फुट्ने हो कि ? भन्ने स्थिति रहेको छ । ओली पक्षधर नेताहरु ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताउँदै आएका छन् भने दाहाल पक्षधरहरु ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् ।

आजको ओली दाहाल छलफलमा पनि दुवैले आफ्नो अडान कायम राखेको जनाइएको छ । ओली मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने पक्षमा छन् । मंसिर ४ को सहमति भनेको प्रधानमन्त्री केपी ओलीले चलाउने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले चलाउने भन्ने हो ।

तर दाहालपरिस्थिति धेरै अगाडि बढिसकेकाले मंसिर ४ को सहमतिअनुसार अघि बढ्न नसकिने पक्षमा छन् । उनले अब ओलीको राजीनामाको विकल्प नरहेको बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement