गोरखा । गोरखा अस्पतालमा एक जना कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । पालुङटारको पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहानै मृत्यु भएको हो ।
गोरखा अस्पतालका अनुसार कतारबाट गत मंगलबार मात्रै पालुङ्टार आइपुगेका ४४ वर्षीय संक्रमित मधुमेह रोगका दीर्घरोगी समेत रहेका थिए । कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएकोमा आज बिहान करिव ५ बजे मृत्यु भएको हो ।