आज २३२ जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

Advertisement

काठमाडौँ । आज २३२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण थप दुई जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका कोरोना संक्रमितसहित कूल संख्या १५ हजार ४ सय ९१ पुगेको छ । संक्रमित मध्ये ६ हजार ४ सर १५ जना निको भई घर फर्केको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । थप २ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कूल संख्या ३४ पुगेको छ ।

विगत २४ घण्टामा २७२ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएको प्रवक्ता गौतमले बताए ।

Advertisement

Advertisement

Advertisement