तीन बर्षदेखि आवधिक योजनाविना नै बजेट ल्याउँदै स्थानीय तह

Advertisement

काठमाडौंँ । अधिकांश स्थानीय तहले आवधिक योजना बिना नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेका छन् । योजनाबद्ध विकास गर्न आवधिक योजना आवश्यक हुन्छ भने कानुुनी तवरले पनि आवधिक योजना ल्याउनैपर्ने बाध्यता छ ।

प्रभावकारी विकास गर्न स्थानीय तहका जनप्रतिनिधिले एक वर्षभित्र बनाउनुपर्ने आवधिक योजना तीन वर्ष बित्न लाग्दा पनि ८० प्रतिशत स्थानीय तहले अझै बनाउन सकेका छैनन् । कुल ७५३ स्थानीय तहमध्ये करिब २० प्रतिशत अर्थात् १५० वटा स्थानीय तहले मात्र आवधिक योजना बनाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको सम्भावनालाई समृृद्धिमा रूपान्तरण गर्न आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा स्थानीय स्तरको विकास गर्न आवधिक, वार्षिक, रणनीतिगत, विषयगत, क्षेत्रगत, मध्यकालीन र दीर्घकालीन विकासका योजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।

स्थानीय शासन विज्ञ रमेशकुमार अधिकारीले स्थानीय तहभित्र भएका सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न पाँच वर्षभित्र नगरपालिका र गाउँपालिकाको निश्चित विकासका पूर्वाधार तयार गर्नेगरी आवधिक योजना बनाउनुपर्ने बताए  । उनले स्थानीय तहले पहिलो वर्षमै आवधिक योजना बनाई त्यसलाई वार्षिक योजनाले पछ्याउनुपर्ने हो त्यसो हुन सकेन भने ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement