आज गुरु पूर्णिमा, उपहार दिएर गुरुको सम्मान गर्ने प्रचलन

Advertisement

ललितपुर । आषाढ शुक्ल पुर्णिमाका दिन आइतबार गुरु पुर्णिमा मनाइदैछ । व्यास जयन्ती र कबीर जयंती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ ।

यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउन सफल हुनेलाई गुरु भनिएको पण्डित माधवप्रसाद शर्मा बताउछन् । गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू उनले भने र्, यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो र उनकै योगदानलाई चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ ।

आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेद­वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् । शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरि उपहार समेत दिने गरिन्छ ।

कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ । पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ । हाम्रो शास्त्रमा देव गुरू बृहष्पति र असुर गुरू शुक्राचार्य गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement