मेलम्चीमा ब्रेक थ्रुः सुरुङमा पानी हालेर परिक्षण सुरु, दुई महिनाभित्र धारामा पानी

Advertisement

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परिक्षण सुरु गरिएको छ । आयोजना प्रमुख तिरेस प्रसाद खत्रीका अनुसार आइतबार बिहान ९ः४५ बजेदेखि मेलम्चीको सुरुङमा पानी हालिएको हो ।

‘अस्थायी ठ्यामबाट सुरुङमा पानी पठाएर परिक्षण आरम्भ गरेका छौं, आयोजनाका लागि यो ब्रेक थ्रु नै हो’, आयोजना प्रमुख खत्रीले कर्पाेरेट नेपालसँग भने । करिब २ महिना परिक्षण गरेर मेलम्चीको पानी काठमाडौंबासीका धारामा वितरण हुने पनि उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement