साधना लघुवित्तको आईपीओ आजदेखि खुल्यो, हजार कित्तासम्म आवेदन दिन पाइने

Advertisement

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको ७ करोड ७ लाख ८० हजार रुपियाँ बराबरको आइपीओ आजदेखि बिक्री खुला भएको छ । आइपीओ छिटोमा असार २४ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म बिक्री खुला हुनेछ ।

कम्पनीले १०० रुपियाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये १० हजार ८९० कित्ता कर्मचारीलाई, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला हुने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने जनाइएको छ । साधनाको हाल कायम चुक्ता पूँजी १४ करोड ६० लाख रुपियाँ । आइपीओ निष्कासनपछि चुक्ता पूँजी २१ करोड ६७ लाख ८० हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement