नागरिक लगानी कोषको साधारण सभाले पारित गर्यो २२ प्रतिशत लाभांश

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषको २५ औं साधारण सभा कोषको शनिबार सम्पन्न भएको छ । साधारण सभाले २२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीमा १ बराबर ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर दिने प्रस्तावलाई पनि पास गरेको छ ।

सभालाई सम्वोधन गर्दे कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५/७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आव २०७५/७६ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए ।

सो अवसरमा शेयरधनीसंगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्युन शेयरधनीको उपस्थितीमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी ब्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement