'यो देश ध्वस्त भयो भने हावाले गुँड उडाएर भुइँमा खसेका बचेराको जस्तो हालत होला, विचार गर'

Advertisement

काठमाडौं । कानुनविद् एवं विश्लेषक प्राडा युवराज संग्रौलाले राजनीतिक स्वार्थका लागि राज्यका संस्थाहरुलाई विवादमा नल्याउन सुझाव दिएका छन् ।

पछिल्लो राजनीतिक खिचातानीप्रति सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले आफ्नो समेत नाम मुछेर राष्ट्रपतिलाई महाभियोग गराउने कुरा बाहिर ल्याइएकोप्रति असन्तुष्टि पोखेका छन् । सँग्रौलाले यो देशलाई स्थिर बन्न नदिन लामो समयदेखि प्रयास हुँदै आएको बताउँदै भनेका छन्, ‘यो देश ध्वस्त भयो भने हावाले गुँड उडाएर भुइँमा खसेका बचेराको जस्तो हालत होला ।’

सँग्रौलाको टिप्पणीः

राजनीतिलार्इ स्वस्थ बनाउनु सबैको कर्तव्य हो। राज्यका संस्थाहरुलाई बिबादमा ल्याएर राज्य बलियो हुँदैन। पार्टीहरुमा आन्तरिक कलह, बिद्रोह, प्रतिस्पर्धा हुन्छन् । यो नेताहरूको क्षेत्र हो । नेतृत्वको चाहना लगायत उनीहरुका प्रतिस्पर्धा बिचारधाराबाट निर्देशित भएनन् भने कसैले जित्दैन । केवल राष्ट्रले हार्छ । यो नेताहरुले बुज्नुपर्छ, जुनसुकै पार्टी होस् ।

१) राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीशलगायत कतिपय पदहरु छ्न, ती राज्यका सम्मानित पद हुन। कसैलाई मानिस मन नपर्ला, तर ती पदलाई होच्याउने काम सबैका लागि हानिकारक हुन्छ । विगतमा प्रधान नन्यायाधीशको बारेमा महाअभियोग लगाउने खेलले के गर्यो ? राजनीतिक दलहरुले बुझेकै हुनुपर्छ।

२) देशमा भइरहेका थुप्रै कुरामा मेरा पनि आपत्ति छ्न् । तर अहिले सरोकार नै नभएको विषयमा राष्ट्रपतिका विरुद्ध महाभियोगको चर्चा चलाएर, मेरो नामसमेत जोडेर अभद्र राजनीति गर्ने प्रयास जस्ले गर्यो, यो देशको दुर्दशा निर्माण गर्ने पात्र हुन् । तर, राष्ट्रपतिलाई र सभामुखलाई राजनितिमा तान्ने कसैले धृष्टता नगर्नु राम्रो हुन्छ । यस्ले नोक्सानी बिद्यादेबि भण्डारी एक ब्यक्तिलाई होइन, नोक्सानी देशको लोकतान्त्रिक प्रणालीलाई हुन्छ भन्ने बुझ्नु अवाश्यक छ ।

३) बाँकी राजनीतिक लडाइँ राजनीति गर्नेले गर्न पाउने कुरा हो । जो गलत छ, उस्ले भोग्छ । राजनीतिमा जित्नेको इतिहास लेखिन्छ । तर, राजनीतिलाइ संवाद बनाउने संस्कृति बिकास गर्नु सबैका लागि भलो हुन्छ।

४) यो देशलाई मास्ने खेल आजबाट होइन, छैटौं शताब्दीमा आक्रमण गर्ने मौखरीहरु, नेपाल गाभ्न आक्रमण गर्ने इस्ट ईन्डिया कम्पनी, नेपाललार्इ गाभ्नै पर्छ भन्ने भाइसरोय कर्जन, नेपाललाई आफ्नो सुजरेन्टी देख्ने अन्तिम छिङ राजा र चीनको नेसनालिस्ट सरकार, राजा त्रिभुवनलाई नेपाल भारतमा गाभौं बन्ने पटेल, नेपालमा भारतको विशेषाधिकार छ भन्ने नेहरु, नेपालको सद्भावको दुरुपयोग गरि तिब्बतका विरुद्ध खम्पा बिद्रोहको आधारभुमी बनाउने आमेरिकी सिआर्इए, नेपाललाई जातीय राज्य बनाउनु पर्छ भन्ने बिदेशी संस्था सबैको खेल नेताहरुले देखेका छ्न् । अब त आँखा खोल्नु राम्रो होला।

५) नवउदारबादको सिरक ओडेर देशको कृषि र उद्योग सक्नेदेखि सम्झौताका दफा हेर्दै नेहेरी एमसीसीले देश स्वर्ग हुन्छ भन्ने र राज्यका विरुद्ध खुराफात गर्ने, राजनीतिलाई फोहोर खेल बनाउने सबैले बुझ्नु पर्छ, देश ध्वस्त भयो भने हावाले गुँड उडाएर भुइँमा खसेका बचेराको जस्तो हालत होला।

मलाई आफ्नो बिचार र चेतना थाह छ। तेसैले मलाइ देखाएर देश राष्ट्रपतिमाथि हिलो छ्याप्ने खेल र आफ्नो रोटी सेक्ने काम अभद्र हो । कानुनी कुरा सोच्दै गरौंला अहिले मेरो भनाइ मात्र राखे।

Advertisement

Advertisement

Advertisement