अजोड इन्स्योरेन्सले मनायो वार्षिकोत्सव, ३५ जनाले गरे रक्तदान

Advertisement

काठमाडौँ । अजोड ईन्स्योरेन्स लिमिटेडले आज आफ्नो दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ ।

कम्पनी संचालनमा आएको छोटो अवधिमा नै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको छ ।

कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि बनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि रु.२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ । कम्पनीले डिजिटल इन्स्योरेन्सका साथै डिजिटल प्रविधिवाट बीमा शुल्क भुक्तानीका लागि कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको जनाएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड-१९) को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आबको आजसम्म ८९,७५८ बीमालेख जारी गरी रु. ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको छ ।

बार्षिकोत्सवका अवसरमा आज प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement