चार सय पर्ने कम्बल १२ सयमा खरिद गरी अनियमितता गर्ने प्रशासकीय अधिकृतसहित ६ जना बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित ६ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सदरमुकाम गौर स्थित गिरीधारीकुमार अग्रवालको पसलबाट रु. ४ सय प्रतिथान पर्ने कम्बललाई करीब रु. १२ सय प्रतिथानमा खरिद गरेको उजुरीबारे अनुसन्धान हुँदा दोषी पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

नगरपालिका कार्यालयबाट ४०८ थान कम्बल खरिद गर्दा लागत अनुमान तयार र स्वीकृत नगरी न्यू बजरंग इम्पोरियम(गिरीधारीकुमार अग्रवालको पसल)बाट खरिद गरी अनियमितता गरेको पाइएपछि प्रमुख प्रशासकीय अधिकृत रजकसहित ६ जना विरुद्ध जनही १ लाख १५ हजार ८ सय ७२ रुपियाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रजक, तत्कालीन निमिक्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार बर्मा, तत्कालीन लेखापाल वैधनाथ झा, लेखापाल रेणु यादव, न्यू बजरंग इम्पोरियमका प्रोप्राइटर अग्रवाल र राजदेवी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सनुप महतो विरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको प्रवक्ता कोइरालाले जनाएका छन् ।




















































सि.नं. पद, नामथर, कार्यालय संलग्न खरिद कार्य बिगो रु. कसुर र मागदाबी
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल प्रमुख प्रशासकीय अधिकृत कहटरिया नगरपालिका रौतहट  (रा.प. तृतीय) मनोज कुमार रजक कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट बढाई भुक्तानी दिन स्वीकृती दिएको रु.१,१५,८७२।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानीको बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (ना.सु. रा.प.अनं. प्रथम) हाल घरेलु तथा साना उद्योग कार्यालय रौतहटका ना.सु. प्रमोद कुमार वर्मा कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट  स्वीकृत गरेको र दररेट बढाई भुक्तानी दिन पेश गरेको रु.१,१५,८७२।- ”                        ”
 तत्कालीन लेखापाल (रा.प. अनं. प्रथम हाल सेवा निवृत वैधनाथ झा कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट  स्वीकृतिका लागि पेश गरेको  र दररेट बढाई भुक्तानीका लागि पेश गरेको रु.१,१५,८७२।- ”                        ”
लेखापाल (सहायकस्तर पाँचौ) रेणु यादव कम मुल्य पर्ने कम्बल मिलेमतोमा दररेट बढाई स्वीकृत हुन पेश गरेको र भुक्तानी दिने निर्णय स्वीकृत भएपछि भुक्तानी दिएको रु.१,१५,८७२।- ”                        ”
न्यु बजरंग इम्पोरियम गौर-१, रौतहटका प्रोपाइटर गिरधारी कुमार अग्रवाल कम मुल्य पर्ने कम्बलको मिलेमतोमा दररेट बढाई निवेदन पेश गरेको तथा बढी मुल्यमा बिक्री गरी सरकारी रकम हानिनोक्सानी पुर्‍याएको रु.१,१५,८७२।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानीको बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।
राजदेवी नगरपालिका,  वडा नं. २ का वडा अध्यक्ष सनुप महतो कम मुल्य पर्ने कम्बलको दररेट बढाई खरिद गर्ने गराउने कार्यमा मतियारको रुपमा कार्य गरेको रु.१,१५,८७२।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसुरको मतियार हुने कसुरमा ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

Advertisement

Advertisement

Advertisement