प्रहरीले हराएका २० मोटरसाइकल धनीलाई बुझायो

Advertisement

काठमाडौँ । चोरिएका तथा हराएका मोटरसाइकल फेला पारी आज काठमाडौँ प्रहरीले स्वयं धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार उपत्यकाको विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल आज धनीलाई हस्तान्तरण गरिएको हो ।

मोटरसाइकल प्राप्त गर्दा धेरै खुशी भएको प्रतिक्रिया दिँदै मोटरसाइकल धनीले खोजीमा लाग्ने प्रहरी टोलीलाई धन्यवाद दिएका छन् । प्रहरीका अनुसार विभिन्न ठाउँमा पार्किङ गरेर राखिएका तथा घरमै रहेका मोटरसाइकलसमेत हराउने गरेका छन् । यस्ता गिरोह सक्रिय रहेकाले आफ्नो सामान सुरक्षितसाथ राख्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

अघिल्लो हप्ता पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसैगरी हराएर फेला पारेका ३० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।

Advertisement

Advertisement

Advertisement