चिनियाँ राजदूतको सक्रियतापछिको ओली–प्रचण्ड वार्ता सकियो, ओलीको पद थमौति हुने संकेत

Advertisement

काठमाडौं । चिनियाँ राजदूत हाउ याङ्छीको सोमबार बिहानको सक्रियतापछि बसेको नेकपाका अध्यक्षद्धय कपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सक्रियता छ । बिहान १० बजेबाट प्रधानमन्त्री निवासमा भएको वान टू वान वार्ता केही बेरअघि सकिएको हो ।

वार्ता सकेर निस्किएका दुवै नेताले वार्तामा के के कुरा भयो ? भन्ने कुरा भने खुलाएका छैनन् । यद्यपि भेटवार्ता सकारात्मक रहेको नेताका सहयोगीहरुको भनाई छ । पार्टीलाई उपेक्षा गर्दै एकलौटी काम गरेको र आफूहरुलाई भारतीय दलाल भनेको भन्दै रुष्ट रहेका नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल ओलीदेखि रुष्ट हुँदै उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन सक्रिय भएका थिए ।

तर, चिनियाँ राजदूतको सक्रियतापछि भने ओलीको पद थमौति हुने संभावना बढेर गएको छ । यसअघि पनि पटक पटक वार्ता गर्दै आएका ओली र प्रचण्ड बिना सहमति बैठकस्थलबाट निस्किने गरेका थिए । ओलीले आफ्नो पद लम्ब्याउन राष्ट्रवादको नारा निकाल्न थालेको उनको विरोधीहरुको भनाई छ । ओलीले भने आफूले अतिक्रमित भूमिसहितको नयाँ नक्सा जारी गरेकोले हटाउन लागिएको दावी गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement