नेप्से र धितोपत्र बोर्डका कर्मचारीलाई आइपीओ भर्न पनि निषेध

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरुलाई आइपीओ भर्न पनि नपाउने व्यवस्था आउने भएको छ । संसको अर्थ समितिले गठन गरेको पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उप समितिले बोर्ड र नेप्सेका कर्मचारीहरुलाई आइपीओमा आवेदन गर्न समेत नदिने व्यवस्था प्रस्ताव गरेको हो ।

सांसद रामकुमार झाक्री नेतृत्वको उप समितिले नेप्से तथा बोर्डका पदाधिकारी तथा कर्मचारीहरुले यस अघि आफुसँग रहेको आइपीओका सेयरहरु घोषणा गरि बिक्रि गर्ने बाहेकका सेयर कारोबार गर्न नपाउने व्यवस्था सुझावका रुपमा अघि सारेको हो । अर्थ समितिले पारित गरेको खण्डमा यो व्यवस्था कार्यान्वयनमा आउनेछ ।

Advertisement

Advertisement

Advertisement