ब्रोकरको चुक्ता पुँजी ५०० प्रतिशत बढाउन सिफारिस

Advertisement

काठमाडौं । ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी ५०० प्रतिशत वृद्धि गर्न संसदीय उप समितिले सिफारिस गरेको छ ।
संसदको अर्थ समितिले गठन गरेको पुँजी बजार तथा मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न गठित उप समितिले ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी ५ सय प्रतिशशतले बढाएर १० करोड पुर्याउन भनेको हो ।

हाल ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । सांसद राम कुमार झाक्री संयोजक रहेको उप समितिले २०७९ असार मसान्तसम्ममा ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी १० करोड बनाउन भनेको हो ।

ब्रोकर कम्पनीहरुले आम्दानीको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नै पर्ने व्यवस्था आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ ।

Advertisement

Advertisement

Advertisement