तीन तहको पुँजीगत लाभकर, ५० करोड भन्दा बढी ऋण लिने कम्पनी सूचिकृत हुनै पर्ने

Advertisement

काठमाडौं । पुँजी बजार तथा मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न गठन भएको संसदीय उप समितिले ३ तहको पुँजीगत लाभकर प्रस्ताव गरेको छ । उप समितिले दिर्घकालिन लगानी र अल्पकालिन लगानीका लागि छुट्टा छुट्टै पुँजीगत लाभकर प्रस्ताव गरेको हो ।

एक वर्ष भन्दा कम अवधीको लगानीका लागि ५ प्रतिशत, ३ वर्ष भन्दा कम अवधीको लगानीमा ३ प्रतिशत र सो भन्दा बढी अवधीको लगानीका लागि एक प्रतिशत मात्रै पुँजीगत लाभकर लिने उपयुक्त हुने सिफारिस गरेको हो ।
हालसम्म त्यस्तो लाभकर सबैलाई ५ प्रतिशत नै तोकिएको छ ।

उप समितिले बैंक तथा वित्तिय संस्थाहरुबाट ५० करोड भन्दा बढी ऋण लिएका कम्पनीहरुलाई तत्कालै सूचिकृत हुनै पर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने सुझाव पनि दिएको छ ।

Advertisement

Advertisement

Advertisement