मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएसएमबिएल नियुक्त

Advertisement

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार २ सय ६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ ।

एफपीओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement