एनआईसी एशियाको कर्जामा अब ९.९९ प्रतिशत ब्याजदर

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकहरूले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ साउनदेखि लागू हुने गरी उक्त कर्जाको ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने भएको छ ।

यो योजना ८ दिन बाँकी रहेको हुँदा यथासिघ्र भरपुर फाईदा उठाउन बैंक सम्पूर्ण ऋणीहरूमा हार्दिक आह्वान गरेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा मिति २०७६ चैत १६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरिएको छ ।

साथै नेपाल राष्ट्र बैंकबाट २०७७ बैशाख १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकहरूको खातामा जम्मा समेत गरिएको छ ।

बैंकले कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्न एकद्वार प्रणालीको व्यवस्था अनुरुप ‘कर्जा सहायता केन्द्र’ को स्थापना समेत गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement