प्रहरी महानिरीक्षकमा शैलेश थापा बढुवा, झण्डै दुई बर्ष कार्यकाल रहने

Advertisement

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री बढुवा भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका उनलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा गरेको हो ।

आईजीपीको लागि थापासहित हरिबहादुर पाल पनि योग्य थिए । तर सरकारले थापालाई बढुवा गरेको हो । थापा वरीयतामा पहिलो नम्बरमा रहेका थिए । उनीहरु दुवै सँगै सेवा प्रवेश गरेका थिए । थापा नेपाल प्रहरीको २८औं आईजीपी भएका छन् । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए ।

यसअघि थापा प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत थिए । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवाली बुधबारबाट अनिवार्य अवकाश पाउन लागेकाले आज आईजीपी बढुवाको निर्णय गरिएको हो । अब उनी अझै दुई बर्ष आईजीपी पदमा रहने छन् । उनको उमेर हद २०७९ वैशाखसम्म रहेको छ ।

Advertisement

Advertisement

Advertisement