एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

Advertisement

काठमाडौं । एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन् । भिडियो सामग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् ।

एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याएको छ । एनसेलको ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामापहुँच सुनिश्चित गराउने उदेश्य लिएको जनाएको छ ।

‘प्लस’थिमअन्तर्गतको ननस्टप युट्युबअफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र रु १०० (कर सहितमात्र रु १२७.६९) मा एक साता भरि ४८०पी मा युट्युब भिडियो सामग्रीहरुकोे मजा लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् ।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् ।

ग्राहकले ननस्टप युट्युबप्याक सुचारु गरेपछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र रु २० (कर सहितमात्र २५.५३) मा ३५०० एमबिथप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुकचलाउनको लागिप्रयोग गर्न सक्नेछन् । त्यतिनै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म  ३५०० एमबिथप डेटाको मजालिन सक्नेछन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले फेसबुक र टिकटकका लागिदुवै डेटा पनिलिन सक्नेछन् ।

एनसेलकाफोरजीग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिवद्धता अनुरुपएनसेलले आफ्ना फोरजीग्राहकलाई लक्षितगर्दै यो आकर्षक योजनाल्याएको हो । सन् २०१७ मा फोरजी सेवा संचालनमाल्याए पछि कम्पनीले देशको विभिन्नभागमातदारुकताका साथ यो सेवाको विस्तार गरेको छ ।

भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युबअफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमापहुँचदिनपाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । फोरजीअल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथालोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागिनिकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थपलाभप्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदालिनग्राहकसंग एनसेल फोरजीसिम कार्ड, फोरजीचल्ने मोवाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्रहुनु पर्दछ । आफ्नो थ्रिजीसिम कार्ड फोरजीसिममाअपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिमनिःशुल्कअपग्रेड गर्न सक्नेछन् । साथै सिमअपगे्रड गर्नुहुने ग्राहकले थप १ जिबीडे प्याकडेटा निःशुल्कप्राप्त गर्नेछन् ।

आफ्नो प्रतिवद्धता अनुरुप र नयाँ‘प्लस’थिमअन्तर्गत ग्राहककालागिथपनवीन सेवातथा सुविधाहरु ल्याउने एनसेलले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement