अल्फा बिटाले सुरु गर्यो अनलाईन ब्रिजकोर्स कक्षा

Advertisement

काठमाडौँ । अल्फा बिटाले कक्षा १० सकेर बसेका विद्यार्थीहरुलाई यो लकडाउनको समय सदुपयोग गराउने तथा सैन्ट जेभियर्स, बुढानिलकण्ठ, यस्ओयस् जस्ता कलेजहरुको इन्ट्रान्स इक्जामको तयारी गराउनका निम्ती ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट सुरु गरेको छ ।

अल्फा बिटाका प्रेसिडेन्ट तथा सिईओ द्विराज शर्मा भन्छन्- “लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा टप कलेजहरुको इन्ट्रान्स इक्जाम मा अब्बल नतिजा ल्याउन सक्ने, आगामी शैक्षिक कार्यक्रमलाई सहज हुने र करिअरका लागि समेत सहयोगी हुन्छ । त्यसै खेर जाने समयको सही सदुपयोग गर्ने अवसर हो, ब्रिजकोर्स । ”

एसइई दिएका विद्यार्थीका लागि कक्षा १० र ११ को कोर्ष र समयको ग्यापलाई जोड्ने उपयुक्त समय हो । नेपालमा पहिलोपटक ब्रिजकोर्स सुरु गरेको अल्फा बिटाले यस वर्ष पनि विद्यार्थीका लागि साइन्स र म्यानेजमेन्टका ब्रिजकोर्सका कक्षा सञ्चालन गरेको छ । अल्फा बिटाले उपलब्ध गराउने ब्रिजकोर्समा कोर्सको ग्याप पूरा गर्ने मात्र होइन, विद्यार्थीको रुचि र क्षमता बुझेर कक्षा ११ मा कस्ता विषय पढ्न उपयुक्त हुन्छ भन्ने सुझाब समेत दिने गरेको छ ।

एकाएक विश्वो समुदाय मा फैलिएको कोभिड १९ का कारण सन्सार भरी अहिले अनलाईन शिक्षा को माग बढिरहेको परिस्थिती मा अल्फा बिटा ले पनी आफ्ना सम्पूर्ण कक्षाहरु आईईएलटीएस, पीटीईए, जीआरई, तथा ब्रिज कोर्ष पूर्ण रूपमा अनलाईन माध्यमद्वारा सन्चालन गरिरहेको छ ।

विद्यार्थीहरुले ईसेवा जस्ता अनलाईन गेटवेबाट भर्ना शुल्क तिरेर सजिलैसँग आफ्नो रोजाईका कक्षाहरु सुरु गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement