सुनचाँदीको मूल्य आज पनि बढ्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि बढेको छ । हिजो अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपियाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपियाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ५५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार ४ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ५० रुपियाँमा किनबेच भएको थियो ।

यता सोमबार छापावाल सुन प्रतितोला ९० हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ८९ हजार ७ सय ५० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा कारोबार भएको थियो ।

 

Advertisement

Advertisement

Advertisement