लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभाबाट बोनस शेयर पारित

Advertisement

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । कोभिड-१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरिएको हो ।

सभाले कम्पनीका अध्यक्ष मनोहरदास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभाले आब २०७५/७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २०% हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूँजी रु. १ अर्ब ५ करोड ६० लाखको ८.१२५% ले हुन आउने खुद रु. ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि रु. ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै सभामा सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित भएको घोषणा गरियो । आब २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८% ले बृद्धि भई रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement