दोहोरो अंकले घट्यो नेप्से, ट्रेडिङ र म्युचुअल फण्डबाहेक सबै समूह राताम्मे

Advertisement

काठमाडौँ । लगातार ३ दिन बढेको शेयर बजार आज भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज नेप्से परिसूचक १०.१३ अंकले घटेको हो । ०.७६ प्रतिशतले घट्दा परिसूचक १३२६.५३ अंकमा झरेको छ ।

बजार घटेको दिन आज १७९ कम्पनीका २९ लाख ७७ हजार ७ सय ६ कित्ता किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ६२ हनार १ सय ४१ रुपियाँ बराबरको कारोबार भएको छ । आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे भए ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २५ करोड ५७ लाख ९९ हजार ६८१ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड १४ लाख नौ हजार ८५३, प्रभु बैंक संस्थापक शेयर रु छ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक रु चार करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक रु तीन करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिष्टिलरीको रु तीन करोढ २४ लाख ७४ हजार १८६ मा खरिदबिक्री भयो ।

घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै आशा लघुवित्त वित्तीय संस्था ७.५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६.२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ५.०८ प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६.९८, कालिका पावर कम्पनी ५.५६, नेशनल हाइड्रोपावर कम्पनी ५.२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५.१९ र पोखरा फाइनान्सका शेयरधनीले ५.१० प्रतिशतले गुमाएका छन् ।

Advertisement

Advertisement

Advertisement