ओली र प्रचण्डबीच आज पनि दुई घण्टा लामो कुराकानी, भोलि पुनः छलफल गर्ने सहमति

Advertisement

काठमाडौँ । विवाद समाधानको खोजी गर्ने भन्दै प्रायः हरेक दिन लामो वार्ता गर्दै आएका सत्तारुढ दल नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बुधबारको वार्ता पनि बिना निष्कर्ष टुँगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाका अनुसार बिहीबार पुनः छलफल गर्नेगरी छलफल बिना निष्कर्ष टुँगिएको हो । छलफलमा कुनै सहमति नभएको उनले बताएका छन् ।

यसअघिको भेटवार्तामा ओली र प्रचण्डले पार्टी एकता भंग हुने तहसम्म अविश्वास कसरी चुलियो भन्नेबारे कुराकानी गरेको जनाइएको थियो । आज के विषयमा यति लामो समयसम्म कुराकानी भयो ? खुलाइएको छैन् । प्रचण्ड पार्टी अध्यक्ष ओलीले छोड्नुपर्ने आफूले एक्लै नेतृत्व गर्न पाउनुपर्ने लकडानमा छन् भने ओली अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछोड्ने पक्षमा छन् ।

असार १० गतेदेखि चलिरहेको स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित गरेर ओली र दाहाल विवाद समाधान गर्न भन्दै हरेक दिन लामो लामो छलफल गरिरहेका छन् । सत्ता साझेदारीमा कुरा नमिलेपछि नेपालभित्र विवाद चुलिएको अवस्था छ ।

Advertisement

Advertisement

Advertisement