भोलिबाट चार दिनसम्म यो बर्षकै ठूलो बर्षा हुँदै, बाढी, पहिरो र डुबानको जोखिम

Advertisement

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार २५ देखि २८ सम्म मध्य तराई र पहाडी क्षेत्रमा भारी बर्षाको संभावना रहेको र त्यसको बाढी र पहिरोको ठूलो समस्या आउनसक्ने भन्दै चनाखो रहन आव्हान गरेको छ । यो चार दिनमा पूर्वी तराईदेखि वाग्मती र गण्डकी क्षेत्रमा यो बर्षकै सबैभन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

यो बर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेको सन्दर्भमा यो भार िबर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको भन्दै प्राधिकरणले पहाडी क्षेत्रका साना खोला नाला, खहरे र नदिनालामा बाढी आउने संभावना रहेको जनाएको छ ।

लामो बर्षाले पहाडी भेगको भूभाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै प्राधिकरणले चनाखो हुन सबैलाई आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement