अजोड इन्स्योरेन्सको आइपीओ आजदेखि, कति भर्ने ?

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको आइपीओमा आजबाट आवेदन खुलेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । एनआईबिएल एस क्यापिटलका अनुसार कूल ३० लाख कित्ता आईपीओमध्ये कम्पनीका कर्मचारीलाई १ लाख २० हजार कित्ता र बाँकी १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

बाँकी रहेको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ । अजोडको आइपीओमा छिटो गरि असार २९ र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सकिने छ । कम्पनीले आईपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतले हुने ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीहरुका तर्फबाट आइपीओ जारी गर्ने पहिलो कम्पनीका रुपमा अजोडले अनुमति पाएको हो । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

Advertisement

Advertisement

Advertisement