साधनाको आइपीओमा कति पर्यो आवेदन ?

Advertisement

काठमाडौं । साधना लघुवित्तको आइपीओमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० आवेदन परेको छ । जुन मागभन्दा १६.९१ गुणा बढी हुन आउँछ । ग्लोबल आईएमई क्यापिटलका अनुसार ८ हजार ६ सय आवेदन रद्द भएको छ।

साधनाले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आइपीओ निष्कासन गरेको थियो। सोमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारी, र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।

बाँकी ६ लाख ६१ हजार ५ सय २० कित्ता भने सर्वसाधारणका लागि छुट्याएको थियो । साधनाको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको थियो जसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको देखाउँछ ।
आईपीओपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्छ ।

Advertisement

Advertisement

Advertisement