७७ करोड राजश्व छल्ने चार फर्म र एक व्यक्ति राजश्वको फन्दामा, को को परे ?

Advertisement

काठमाडौं । राजस्व अनुसन्धान विभागले चार वटा फर्म र एक जना व्यक्ति विरुद्ध ७७ करोड चार लाख १३ हजार २२० रुपैयाँ बिगो दावी सहितको मुद्दा दायर गरेको छ। विभागले भन्सार चोरी पैठारी तथा नक्कली बिजक प्रयोग गरी राजस्व हिनामिना गरेको अभियोगमा चार फर्म र एक व्यक्ति विरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेज, समर ट्रेडर्स, जिमी ग्रुप तथा न्यू क्रियसन इम्पेक्सविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ भने विदेशबाट मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौँ महानगरपालिका १५ का मयूर मालाकार विरुद्ध पनि मुद्दा दायर हालेको छ।

न्यू कोइराला ब्रदर्ससँग एक करोड ७० लाख ३९ हजार ८५५ रुपैयाँ, समर ट्रेडर्ससँग चार करोड ५८ लाख दुई हजार २३९ रुपैयाँ विगो दावी गरेको छ भने मयूर मालाकारसँग ४३ करोड १८ लाख ९५ हजार ४३१ रुपैयाँ विगो दावी गरेको छ । त्यस्तै, मी ग्रुपसँग १८ करोड ३३ लाख विगो दाबी गरेको छ। न्यू कोइराला ब्रदर्सले वास्तविक वस्तु तथा सेवा खरिद नगरी झुट्टा मूल्य अभिवृद्धि कर बिजकमात्र लिएर मूअक र आयकर छली गरेको अभियोग विभागले लगाएको छ।

त्यस्तै, समर ट्रेडर्सले आयात गरेका सबै वस्तुको बिक्रि नदेखाएको, कतिपयमा आयातभन्दा बिक्री बढी देखिएको र सक्कल प्रज्ञापनपत्र पेस गर्न नसकेको अभियोग छ । विभागले ट्रेडर्सका प्रोप्राइटर गौतम सरार्फ तथा फर्मको कारोबार र बैंक खाता चलाउने राधाकृष्णप्रसाद तुराहालाई पनि विपक्षी बनाएको छ। बिगो रकम बराबरको जरिवाना र ब्याज समेत असुलको दाबी विभागले गरेको छ।

न्यू क्रियसन इम्पेक्सले भने वस्तु तथा सेवाको खरिद नै नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट अभियोगमा मुद्दा दायर गरिएको विभागले मुद्दा दायर गरेको छ । साथै बंगलामुखी ट्रेड एण्ड सप्लायर्स, बिएस ट्रेड इन्टरनेशनललाई पनि सोही मुद्दामा विपक्षी बनाएको छ।

Advertisement

Advertisement

Advertisement