नवनियुक्त आईजीपीले काम सुरु गरे

Advertisement

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् । बिहीबार बिहान गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेलगत्तै थापा प्रहरी मुख्यालय पुगेर कार्यभार ग्रहण गरेका हुन ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले महानिरीक्षक क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा मंगलबार बढुवा भएका थिए ।

निवर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अवकाश पाएपछि बुधबार बिदाई भइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement