चन्द्र ढकालसँग कुरा नमिलेपछि ग्लोबल आईएमईबाट परशुरामले दिए राजीनामा, महेश फेरि कामु

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले पदबाट राजीनामा गरेका छन् । बैंकका अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेपछि कुँवर प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएको खुलेको छ ।

सीईओ नियुक्ति भएको आठ महिना नपुग्दै उनले राजीनामा दिएका हुन् । जनता बैंक र ग्लोबल आईएमई मर्ज हुने क्रममा कुँवर एकीकृत बैंकको सीईओ बनेका थिए । तर सुरुदेखि नै अध्यक्षसँग लय नमिले पनि उनले काम गर्दै आएका थिए । ग्लोबल आईएमई बैंकमा कार्यकारी निर्णयहरुमा ढकालले प्रत्यक्ष चासो राख्ने गरेको यसअघि कुँवरले अनौपचारिक कुराकानीमा बताउने गरेका थिए । यद्यपि उनले आफ्नो राजीनामाको कारण व्यक्तिगत भएको बताएका छन् ।

सीर्इओ कुँवरले पदबाट दिएको राजीनामा बैंक सञ्चालक समितिले बिहीबार स्वीकृत गरेर डेपुटी सीईओ महेश ढकाललाई पुनः कामु सीईओको जिम्मेवारी दिएको छ । कुँवर आउनुअघि ढकालले कामु भएरै बैंक सञ्चालन गर्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement