नेप्सको सिइओमा सञ्जिब सुब्बा नियुक्त, सुरक्षा र सेवा विस्तारको प्राथमिकता

Advertisement

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)को सिइओमा सञ्जिब सुब्बा नियुक्त भएका छन् । नेप्सको सञ्चालक समिति बैठकले सुब्बालाई नयाँ सिइओ नियुक्त गरेको हो ।

सुब्बाले बिहिबार सिइओको कार्यभार सम्हालिसकेका छन् । एनले नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई)मा संस्थापक सिइओका रुपमा ९ वर्ष १० महिना काम गरेर ८ महिना अघि  राजीनामा गरेका थिए ।

उनले नेप्सका सेवाहरुलाई सुरक्षित र विश्वसनिय बनाउने तथा थप प्रविधि मैत्री बनाउँदै लैजाने योजना बनाएको बताए । ‘सूचना प्रविधि र वित्तिय प्रविधिको क्षेत्रमा काम गर्ने कुनै पनि संस्था जोखिम मुक्त छैनन् । नेप्सको प्रविधिलाई थप सुरक्षित गर्दै जाने योजना छ । त्यस बाहेक विश्वस्तरिय कार्ड सेवा प्रदान गर्दै क्यासलेस, कार्डलेस सेवालाई पनि प्राथमिकतामा राखेको छु ।’, सिइओ सुब्बाले भने ।

उनले नेप्सको सेवालाई कार्ड बाहेकका क्षेत्रमा पनि विस्तार गर्ने बताए । ‘नेप्सलाई वित्तिय समावेशिता र वित्तिय पहुँच अभिवृद्धि र फिनटेकमा लैजाने मेरो योजना छ । क्यासलेस बैंकिंगलाई प्राथमिकता दिन्छौं ।’, सुब्बाले भने ।
भिषा र मास्टर कार्ड सेवा दिँदै आएको नेप्सको नेटवर्कमा १० वटा बाणिज्य बैंक र ६ वटा विकास बैंकहरु आवद्ध रहेका छन् ।

 

Advertisement

Advertisement

Advertisement