सप्तकोशीमा पानीको बहाव खतराको स्तरमा पुगेपछि ३० वटा ढोका खोलियो

Advertisement

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव खतराको स्तरमा पुगेपछि ३० वटा ढोका खोलिएको छ । दुई दिनदेखीको भारी बर्षाका कारण कोशीमा शुक्रबार बिहान पानीको बहाव उच्च बनेको हो ।

सप्तकोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख सात हजार ७१५ क्युसेक मापन गरिएको छ । बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएको र स्थानीयलाई सतर्कता अपनाउन भनिएको स्थानीय प्रशासनले जनाएको हो । पानीको सतह बढेसँगै नेपालका थुप्रै गाउँमा बाढि र डुवानको जोखिम बढेको छ । अझै दुई दिन भारी बर्षा हुने पूर्वानुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement