बाढी–पहिरोले धनजनको ठूलो क्षति, ज्यान जानेको संख्या ३१ पुग्यो, घाइते र बेपत्ता दर्जनौं

Advertisement

काठमाडौं । अबिरल बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढि पहिरोले जान गुमाउनेको संख्या ३१ पुगेको छ । बुधबार रातिबाट सुरु भएको भारी बर्षाले ठूलो जनधनको क्षति भएको छ । हरेक बर्ष बर्खामा बढि पहिरो ठूलो समस्याको रुपमा देखिने गरे पनि यसलाई न्यूनीकरण गर्ने उपाय राज्यले नखोज्दा धेरैले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ ।

शुक्रबार बिहानसम्म बाढी पहिरोमा घाइते हुने र बेपत्ता हुनेको संख्या दर्जनौं पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।

त्यस्तै, लमजुङको वेशीसहर–७ मा आएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन् भने कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ।

रूकुमको आठबिसकोटमा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुधबार राति सिन्धुपाल्चोक खागदल र आधीखोला तथा भोटेकोशी नदिमा आएको बाढीले बाह्रबिसेस्थित जम्बु बजार बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने १८ जना बेपत्ता छन् ।

पहिरोले ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ। तराईका जिल्लाहरुमा नदीको पानीको सतह बढनुका सातै सप्तकोशी ब्यारेजमा पानीको सतह खतराको बिन्दुमा पुगेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि मनसुन सक्रिय भएको छ । यो मनसुन सोमबारसम्म कायम रहने जनाइएको छ । यो बर्ष वर्ष वैशाखदेखि नै पानी परेकाले जमिन धेरै गलेको पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको मौसमविद्हरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement