तिनाउ मिसन डेभलपमेन्ट बैैंक सञ्चालक समितिको अध्यक्षमा जीवनप्रसाद चयन

Advertisement

काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक सञ्चालक समितिको अध्यक्षमा जीवनप्रसाद वझा चयन भएका छन् । हिजो बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा उनलाई अध्यक्ष चयन गरेको हो ।

त्यसैगरी संस्थापक शेयरधनीतर्फबाट राजेन्द्रप्रसाद वझा, ऋषिराम पाण्डे, सालिकराम बेलबासे र सर्वसाधारण शेयरधनीका तर्फबाट अनिलप्रसाद श्रेष्ठ र विपिन पौडेल सञ्चालन निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement