स्वरोजगार लघुवित्तको विशेष साधारण सभा साउन १० गते, जनकपुरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने

Advertisement

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा गर्ने भएको छ । स्वरोजगारले साउन १० गते बिहान ११ बजे सीडब्यू रेस्र्टो एण्ड क्याफे कमलादीमा विशेष साधारण सभा गर्ने भएको हो ।

यसअघि नै दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारी भइसकेको छ । आपसी समझदारीको आधारमा संयुक्तप प्राप्ति समितिबाट स्वरोजगारको १०० कित्ता बरामर जनकपुरको ७० कित्ता शेयर कायम हुने गरी शेयर स्वाप अनुपात विशेष साधारण सभाले अनुमोदन गर्ने जनाइएको छ ।

साथै स्वरोजगारले जनकपुरलाई प्राप्ति गरेपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ः१(शत प्रतिशत) हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement