कोरोना अपडेटः विश्वमा पाँच लाख ५७ हजार भन्दा बढीको मृत्यु, १ करोड २४ लाख संक्रमित

Advertisement

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार ५०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३५ हजार ८२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २७ लाख ३३ हजार ३०५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख ७५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८२ हजार २५९जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ४० हजार २८९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९५ हजार ६६५ को मृत्यु भएको छ । एसिया २८ लाख ९ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६६ हजार ९१७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ४५ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार ५०३ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement