ग्लोबल आइएमई बैंकले कोरोना नियन्त्रण गर्न कर्णाली प्रदेशलाई दियो १० लाख

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

Advertisement

Advertisement

Advertisement