सार्वजनिक सवारी नचलाउने महासंघको निर्णय, ‘पहिला यी माग पूरा गर्नुस्’

Advertisement

काठमाडौँ । सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेपनि यातायात व्यवसायीहरू भने सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज बसेको केन्द्रीय कमिटी बैठकले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बीमाको ग्यारेन्टी गर्नु माग गर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले बताए ।

सिटौलाका अनुसार बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग सम्बोधन नभएकाले तत्कालै सार्वजनिक सवारी नचलाउने निर्णय गरिएको छ ।

यता, सार्वजनिक यातायात केन्द्रीय महासंघ पनि आजै राजधानीमा पत्रकार सम्मेलन गरी यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताको थियो । सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले पत्रकार सम्मेलनका क्रममा बताए ।

‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत माग पूरा नभएसम्म सार्वजनिक सवारी चलाउन सक्दैनौँ’–अध्यक्ष अधिकारीले भने ।



कोरोना संक्रमण बढिरहेको बेला सार्वजनिक यातायात खुल्ला गर्ने निर्णय, भाडा पनि बढाइयो

Advertisement

Advertisement

Advertisement